अर्थ

अनुमति बिनाको बेकरी क्याफे बन्द

२०७५ मंसिर २५ गते १२:४०

काभ्रेपलाञ्चोक, २५ मंसिर – नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभागबाट अनुमति नलिई नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा सञ्चालित विष्णु बेकरी क्याफे बन्द गरिएको छ । अनुमतिबिना चार महीनादेखि तारादेवी गौतमले सञ्चालन गर्दै आएको बेकरी स्थानीय प्रशासनको अगुवाइमा गरिएको अनुगमन टोलीले सोमबार क्याफे बन्द गरेको हो ।...

सुनको मूल्य ६० हजार पुग्यो

२०७५ मंसिर २५ गते १२:१०

काठमाण्डु, २५ मंसिर – सुन आज प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा सुन प्रतितोला ६ सय रुपैयाँ बढेको हो । एक सातामानै सुन प्रतितोला १७...

अपि पावरले पाँच प्रतिशत शेयर लाभांश दिने

२०७५ मंसिर २४ गते १६:१४

काठमाण्डु, २४ मंसिर – अपि पावर कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयर धनीलाई चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनी निर्माण गरिरहेको आठ...

शेयर बजार दोहोरो अङ्कले वृद्धि

२०७५ मंसिर २४ गते १६:१०

काठमाण्डु, २४ मंसिर – धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक प्रतिशत...

नेपाल इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

२०७५ मंसिर २४ गते १२:५३

काठमाण्डु, २४ मंसिर – नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी...

नयाँ बीमा योजना शुभारम्भ

२०७५ मंसिर २३ गते १६:४४

काठमाण्डु, २३ मंसिर – सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको हो । बीमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका...

विकास बैंकको कृषि क्षेत्रमा उत्साहजनक लगानी

२०७५ मंसिर २२ गते १४:३९

खस्यौली, २२ मङ्सिर – रुपन्देहीमा रहेका विकास बैंकले कृषि क्षेत्रमा उत्साहजनक लगानी गरेका छन् । बैंकले गरेको लगानीबाट कृषिजन्य आयात रोक्न सघाउ पुग्ने र व्यापार घाटासमेत कम हुने विश्वास गरिएको छ । खासगरी पशुपालन, कुखुरापालन, मत्सत्यपालन र तरकारी खेतीमा विकास बैंकले लगानी गरेका छन्...

शेयर बजारः दुई अर्ब बढीको कारोवार

२०७५ मंसिर २२ गते १४:१९

काठमाण्डु, २२ मङ्सिर – धितोपत्र बजारमा यस साता रु दुई अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ बराबरको शेयर कारोवार भएको छ । शेयर कारोवार भएका पाँच दिनमध्ये सोमबार, मङ्गलबार र बिहीबार भने कारोवार वृद्धि भएको थियो । आइतबार र बुधबार भने बजार...

दोस्रो बजारमा पाइन्छन् सस्तोमा वाणिज्य बैंकको शेयर

२०७५ मंसिर २१ गते १६:०२

काठमाण्डु, २१ मङ्सिर – शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् ।  नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर रु दुई समयभन्दा तल रहेका छन् । स्टकमा...

विराट एक्स्पोमा बीस करोडको कारोवार हुने अनुमान

२०७५ मंसिर २१ गते १५:२३

विराटनगर, २१ मंसिर – मोरङ व्यापार सङ्घ विराटनगरले विराट ट्रेड एक्स्पो–२०१८ को लगभग तयारी पूरा भएको जनाएको छ । प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको शङ्करपुरमार्ग विराट मेडिकल अस्पतालको नजिकै पुस...

सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता, १९४ रोजगारदाता कम्पनी सूचीकृत(नामसहित)

२०७५ मंसिर २१ गते १४:५७

काठमाण्डु, २१ मंसिर – योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता कम्पनीले उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । बिहीबारसम्म सामाजिक सुरक्षा कोषमा १९४ रोजगारदाता कम्पनी सूचीकृत भइसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी काठमाण्डु...

पाल्पामा एक लाख एघार हजारले गराए स्वास्थ्य बीमा, के छ फाइदा ?

२०७५ मंसिर २१ गते १३:३७

बेझाड, २१ मंसिर – पाल्पा जिल्लामा अहिले स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो छ । सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार २५० जना नागरिक आबद्ध छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us