माओवादीको दुई तिहाई नआए संविधान बन्दैन: भट्टराई

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते १०:११ मा प्रकाशित

नवलपरासी, ६ कात्तिक– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आसन्न संविधानसभामा आफ्नो पार्टीले दुई तिहाई बहुमत नआए संविधान नबन्ने बताएका छन् ।

baburam_250नवलपरासीको कावासोतीमा बुधबार भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता भट्टराईले आफ्नो पार्टीको दुई तिहाई नआए फेरि संविधान नबन्ने खतरा रहेकाले बहुमत दिन मतदातालाई आग्रह गरे ।

काँग्रेस–एमालेले टालटुल पारेर २०४६ सालको संविधान व्युताउँन खोजेकाले विगतमा संविधानसभाबाट संविधान बन्न नसकेको आरोप लगाउँदै उनले उक्त खतरा अझै टरिनसकेको बताए ।

विरोधीले आफूहरको बदनाम गर्न माओवादीमाथि  जातीयता थोपर्न खोजेको आरोप लगाइरहेको टिप्पणी गर्दै उनले विगतमा बलपूर्वक खोसिएको आदिवासी जनजाति, मधेसी, मुस्लिम दलित समुदायको अधिकार पुन:स्थापित गर्न आफूहरु लागिपरेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us