फिलिपिन्समा मृतकको सङ्ख्या एक सय ५८ पुग्यो

काठमाण्डु टुडे २०७० असोज ३१ गते १३:४३ मा प्रकाशित

लोओन (फिलिपिन्स), ३१ असोज–फिलिपिन्सको पर्यटकीय द्वीपमा गत मङ्गलबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्पको उद्धारकार्यका लागि डुङ्गा र हेलिकोप्टरहरु परिचालन गरिएको छ । मङ्गलबार गएको सो  शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५८ पुगेको छ ।
भूकम्पबाट अति प्रभावित फिलिपिन्सको बोहोल द्वीपमा पहिरो गएकाले मानवीय हातहती बढेको हो ।
फिलिपिन्सको तटिय क्षेत्र लोओन र छिमेकी क्षेत्र आन्टेयुएरामा २१ व्यक्ति बेपत्ता भएका बोहोलका वरिष्ठ प्रहरी अधिकारीले बताए । यस भूकम्पबाट चर्चलगायत र करिब दुई हजार घरहरू ध्वस्त भएका छन । त्यसैगरी भूकम्पबाट प्रभावित करिब ६५ हजार व्यक्तिलाई सरकारद्वारा सञ्चालित शरणार्थी स्थलमा राखिएको छ ।
फिलिपिन्समा भूकम्प ज्वालामुखी विस्फोट जस्ता घटना सामान्य मानिन्छन् । प्रशाान्तमहासागरिय ‘अग्नी चक्र’ भित्र पर्ने मुलुक भएका कारण फिलिपिन्समा बारम्बार यस्ता घटना  भईरहने  गर्दछ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us