अस्पतालको आगलागीमा १० जनाको मृत्यु

काठमाण्डु टुडे २०७० असोज २५ गते ७:५६ मा प्रकाशित

ओसाका (जापान), २५ असोज- दक्षिणपश्चिम जापानी सहर फुकुओका सहरमा अवस्थित एक अस्पतालमा लागेको आगलागीमा १० जनाको मृत्यु भएको छ । सो आगलागीमा अन्य आठजना घाइते भएका स्थानीय अधिकारीहरूले जनाएका छन् ।
चारतले भवनमा अवस्थित यस अर्थोपेडिक अस्पतालमा स्थानीय समयअनुसार २ः२० बजे आगलागी सुरु भएको जनाइएको छ । यस आगलागीबाट घाइते भएका व्यक्तिहरूलाई उपचारार्थ नजिकैको अस्पतालमा लगिएको छ । घाइते हुनेमा वृद्ध रोगीहरु पनि छन् ।
अस्पताल स्रोतकाअनुसार यस आगलागी नियन्त्रणको लागि ३७ वटा एम्बुलेन्स र करिब एकसय जना अग्नी नियन्त्रकहरूलाई परिचालन गरिएको छ  । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us