‘बूढा पार्टीका बूढा नेता’को भ्रममा नपर: ठाकुर

काठमाण्डु टुडे २०७० भदौ ४ गते १५:३४ मा प्रकाशित

नेपालगञ्ज, ४ भदौ । तमलोपा अध्यक्ष महन्थ ठाकुरले ‘बूढा पार्टीका बूढा नेता’को विश्वासमा नपर्न मधेसी जनतालाई आग्रह गरेका छन् ।
mahanthaनेपालगञ्जमा मंगलबार भएको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले पूराना पार्टीका पूरानै नेताले निर्वाचनका बेला गुलियो कुरा गरेर फेरि जनता झुक्याउन सक्ने बताए । तर ती कुन पार्टीका कुनकुन नेता हुन भन्ने चाहिं उनले खुलाएनन् ।
ठाकुरले आफ्नो पार्टीले आगामी संविधानसभा निर्वाचनमा कसैसँग पनि चुनावी तालमेल नगर्ने स्पष्ट गरे । सरकार सञ्चालनका लागि विगतमा एकीकृत माओवादीसँगको मोर्चाबन्दी कायमै रहेको भए पनि चुनावी तालमेल भने नहुने उनको भनाइ थियो । स्थानीय स्तरमा भने केही स्थानमा भने तलमेत हुन सक्ने ठाकुरले बताए ।
उनले मुलुकका अगाडि रहेको सकट अन्त्यका लागि निर्वाचनको विकल्प नरहेको स्पष्ट गर्दै निर्वाचनविरोधी शक्तिको भ्रममा नपर्न पनि जनतालाई अपिल गरे । तोकिएकै समयमा निर्वाचन हुनमा आशंका नगर्न पनि उनले आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us