खनालले युवा संघलाई लक्षित गर्दै ‘पुच्छरले टाउको हल्लाएको’ भन्दै सार्वजनिक रुपमा असन्तुष्टि बताइसकेका छन् । खनाल, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष बामदेव गौतमले संघका उपाध्यक्ष झपट रावल र नेता केपी ओली अध्यक्ष महेश बस्नेतको पक्ष लिएपछि पार्टी नेतृत्वमा समेत बिवाद चुलिएको हो । पार्टीको आगामी महाधिवेशनको समीकरणलाई ध्याननमा राखी युवा संघबाट बिवाद सुरु भएको हो । खनाल र नेपालबीच सहकार्यको संभावना बढेपछि ओलीले युवा संघमार्फत् असन्तुष्टि पोखेको एक नेताले बताए ।
संघका अध्यक्ष महेश बस्नेत पक्षले अध्यक्ष खनालको निर्देशन उल्लंघन गर्दै बिराटनगरमा केन्द्रीय प्रशिक्षण र धरानमा महिला भेला गरेपछि पार्टी नेतृत्व तहमा बिवादका परेको थियो । खनालको निर्देशन बिपरित भएको भेला र बैठकलाई महासचिब पोख्रेल र सचिब शंकर पोख्रेलले सम्बोधन गरेका थिए ।
बस्नेतले उपाध्यक्षहरु रावल, सूर्य ढकाल, दिलु पन्तलगायत सात जनालाई एक महिनाभित्र स्पष्टीकरण मागको उल्लेख गर्दै चित्तबुझ्दो नभए कार्बाही गरिने बताए । र्’क महिनाभित्र स्पष्टीकरण मागेका छौ, चित्त बुझ्दो नभए कार्बाही गर्छौ’ उनले भने ।
रावलले भने संगठनको पार्टीको निर्देशन बिपरित भएको बिराटनगर भेला र बैठकको निर्णयनै बिधानबिपरीत भएकाले उल्लेख गर्दै स्पष्टीकरण माग्ने कुनै आधार नभएको बताए । ‘पार्टी निर्देशन बिपरित भेला गर्ने र आफूखुशी निर्णय गर्ने बिधान बिपरित छ’ उनले भने, ‘जसले बिधान बिपरित भेला र बैठक गर्यो, स्पष्टीकरण उसलाई माग्नु पर्छ ।’ उनले हाल बिधानबिपरित संगठनको स्थायी समितिमा नेता मनोनित गरेको समेत आरोप लगाए । बस्नेतले भने आफूले बिधान अनुसार सबै निर्णय गरेको दाबी गरेका छन् । युवा संघका सचिवालय सदस्य शेरबहादुर तामाङले संगठनमा बिधानबिपति चलेको भन्दै बागबजारस्थित कार्यालयमा तालाबन्दी गरे । त्यसपछि बस्नेत पक्षले ताला तोडी कार्यालय सुचारु गरेका थिए । बस्नेतले भने कार्यालयमा तालाबन्दी नगरेका दाबी गरे ।
शिर्ष नेतृत्वनै दुईतिर बिभाजन भएपछि युवा संघको बिवाद झन् चर्किएको हो । बिराटनगरमा भएको युवा संघको भेलाले निर्वाचनमा युवाहरुको परिचालन गर्न ओलीलाई कमाण्डर बनाएको थियो । रावलले संघले वरिष्ठ नेतालाई कमाण्डर तोक्नुनै हास्यास्पद भएको टिप्पणी गरे ।
पार्टीको तर्फबाट युवा संघ इञ्चार्ज नेता शेरबहादुर तामाङले युवा संगठनको बिवाद शिर्ष तहमा देखिएकाले समाधानको प्रयास भइरहेको बताए । ‘युवा संघमा आउनै नपर्ने विवाद हो, यो माथिल्लो तहसम्म पुगेको छ’ उनले भने, ‘हामीले युवा संघको बिवाद मिलाउन तलबाट दबाव दिइरहेका छौ ।’ उनले युवा संघको बिवाद मिलाउन अध्यक्ष खनाल, महासचिब पाख्रेल र मोर्चा इञ्चार्जलाई लिखित आग्रह गरिसकेको जानकारी दिए ।
कान्तिपुर दैनिकबाट