काठमाण्डु, १५ पुस– नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नवगठित नेकपा माओवादी पार्टीले सबै भातृ संगठनमा नयाँनयाँ नेतृत्व स्थापित गर्दैछ । हालै काठमाण्डुमा भएको उक्त पार्टीका महिला कार्यकर्ताहरुको भेलाले बन्धु चन्दलाई संयोजक बनाएको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयोजकमा चन्द चुनिएकी हुन् । काठमाण्डुमा बसेको संघको विस्तारित बैठकले गरेको निर्णय अनुसार चन्दलाई नेतृत्व दिइएको बताइएको छ ।
पार्टीमा आवद्ध रहेका देशैभरिका महिलाहरूको उपस्थिति रहेको बैठकले आगामी एक वर्षभित्र राष्ट्रिय सम्मलेन गर्नेगरी चन्दको संयोजकत्वमा ७५ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति बनाएको माओवादीले जनाएको छ ।
र यो पनि पढ्औ