कञ्चनपुर, १५ पुस–जिल्लाको उत्तरी धार्मिक क्षेत्र भम्केनीमा नेपाल आमाको मूर्ति बनाउनका लागि स्थानीयवासीले जमिन दान गरेका छन् ।
भम्केनी महायज्ञ मूल समितिका सचिव राम दत्त भट्टले नेपाल आमाको मूर्ति बनाउनका लागि चारजनाले जमिन दान गरेको जानकारी दिए । चारैजनाले भीमदत्त नगरपालिका क्षेत्रको एक÷एक कट्ठाका दरले जमिन दान गरेका हुन् ।
सचिव भट्टका अनुसार जमिन दान गर्नेेमा भीमदत्त नगरपालिका वडा नं ८ तिलाचौरका कालु खडायत, भीनपा वडा नं १० जिमुवाका धनमती बन, भीनपा वडा नं ९ बह्मदेवका बिरा नाथ र भीनपा वडा नं ८ तिलाचौरकै जयानन्द जोशी रहेका छन् ।
गत मङ्सिर महिनामा भम्केनीमा लागेको गोपाल महायज्ञमा दान गरिएको जमिनको मूल्याङ्कन गरी बिक्री गर्ने र भम्केनीमा ७५ फिट लामो नेपाल आमाको मूर्ति बनाइने सचिव भट्टको भनाइ छ ।