काठमाण्डु, १५ पुस– नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य एक्कासि दम र निमोनियाका कारण सोमबार साँझ थापथलीस्थित नर्भिक अस्पतालमा भर्ना एका छन् ।

माओवादीको प्रथम राष्ट्रिय भेला सम्पन्न भएलगत्तै वैद्य अस्वस्थ भएका हुन् । भेलामा सहभागी हुँदा कामको चाप र चिसोका कारण दम बढेको हो । अहिले उनको अवस्था सामान्य रहेको मोओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।