रोल्पामा दश दिन लामो सिनेमा कार्यशाला हुने

काठमाण्डु टुडे २०७१ पुष १४ गते १३:०२ मा प्रकाशित

KP Pathak 1

काठमाण्डु, १४ पुस– पश्चिम नेपालको रोल्पा जिल्लामा आगामी महिना दश दिन लामो चलचित्रसम्बन्धी कार्यशाला हुने भएको छ । अखिल नेपाल चलचित्रकर्मी संघले रोल्पाको लिवाङमा उक्त कार्यशाला गर्न लागेको हो ।

माघ २२ देखि फागुन १ गतेसम्म हुने उक्त कार्यशाला भारतका चलचित्र लेखक तथा निर्देशक शेखर दास र इजिप्टका चलचित्र लेखक प्राध्यापक सफा एलाइसी हगाग प्रशिक्षकका रुपमा आउने संघका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
कार्यक्रमबारे जानकारी गराउन संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेको थियो । कार्यशालामा ५० जना चलचित्रकर्मी सहभागी हुने पनि पाठकले बताए ।
‘हामीले नयाँ सिनेमा आन्दोलनको अभियान चलाउँदै छौं,’ पाठकले भने, ‘यो पनि हाम्रो त्यही अभियानको एउटा पाटो हो ।’
पाठकले कार्यशालामा १० जना चलचित्र पत्रकार र समीक्षकलाई पनि सहभागी गराउन कोटा छुट्याइएको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us