नेटो सेनाले हार्योः तालिवान

काठमाण्डु टुडे २०७१ पुष १४ गते १०:५१ मा प्रकाशित

अफगानिस्तान, १४ पुस–अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेको तालिवानले गएको १३ वर्षमा नेटो सैनिकले अफगानिस्तानमा हार व्यहोरेको टिप्पणी गरेका छन् ।

_53808336_012331931-1

तालिवान समूहका तर्फबाट सोमबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, १३ वर्षमा तालिवानले नेटो सैनिकलाई हराएको छ ।

सो विज्ञप्तिमा अफगानिस्तानमा नेटो सैनिकले नै क्रुरता मच्चाएको दाबी गरिएको छ । अमेरिकी नेतृत्वको नेटो सैनिकका कारण नै अफगानिस्तानमा रक्तपात मच्चिएको आरोप तालिवानले लगाएका छन् ।

अफगानिस्तानबाट नेटो सैनिकले स्वदेश फर्किने तयारी गरिरहेको र उनीहरुले आफ्नो सेवा बन्दगर्ने तयारी गरिरहेको अवस्थामा तालिवानबाट सो अभिव्यक्ति आएको हो ।

तालिवान समूहले अङ्ग्रेजी भाषामा नै प्रकाशन गरेको सो विज्ञिप्तमा तालिवानले अफगानिस्तानमा हार व्यहोरेको बताइएको एएफपी समाचार समितिले जनाएको छ ।

अफगानिस्तानबाट नेटो सैनिक स्वदेश फर्किन गरेको तयारीलाई तालिवानले भनेको छ ‘यो अवस्थालाई हामीले नेटो सैनिकले हार व्यहोरेको र त्यसका लागि निराश भएको अवस्थाका रुपमा लिएका छौँ ।’

अफगानिस्तानबाट यसैवर्षको अन्त्यसम्ममा नेटो सैनिक फर्किसक्ने तयारी गरिएको छ । त्यसपछि अर्थात् सन् २०१५ लागेपछि भने १२ हजार पाँच सय मात्र अमेरिकी सैनिक त्यहाँ रहने छन् ।

अमेरिकी नेतृत्वको सैनिकले करिब १३ वर्षदेखि अफगानिस्तानमा सुरक्षा प्रदान गरिरहेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us