काठमाण्डु, १२ पुस– कैलालीमा घरमै सामूहिक यौनधन्दा सञ्चालन गरेको आरोपमा ६ युवती पक्राउ परेका छन् ।
धनगढीका होटेलहरुमा प्रहरीले छापा मारेपछि घरमै कोठी सञ्चालन गरेका उनीहरु पक्राउ परेका हुन् ।
धनगढीको उत्तरबेहडीस्थित बम्मर चौधरीको घरमा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्दै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीका अनुसार ६ मध्ये चारजना यसअघि पनि रंगेहात पक्राउ परेका थिए ।
वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरक्षिक मनोहर भट्टले पक्राउ पर्नेहरु सबै कर्ल गर्ल भएको बताए । उनले युवतीहरुले फौनमार्फत ग्राहक बोलाउने गरेको समेत खुलासा भएको उल्लेख गरे ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको भट्टले जानकारी दिए ।