चोर पक्रने जिम्मा पाएका प्रहरीले नै चोरी गरेपछि…

काठमाण्डु टुडे २०७१ पुष १२ गते १०:४७ मा प्रकाशित

रुपन्देही, १२ पुस–प्रहरी जनताको  सुरक्षाका लागि हुन् । कतै चोरी भएमा होस् या हत्या भएमा सबैभन्दा पहिला जानकारी प्रहरीलाई दिइन्छ ।

प्रहरीले पनि सकेसम्म जनतालाई न्याय दिने प्रयास गर्दछ । हाम्रो मान्यता यही रहेको छ तर के हामीले  सही सोचिरहेका रहेछौँ त ?

index

जनताको सुरक्षाका लागि खटिने एक प्रहरीले पेशाकाे बदनाम मात्र पारेनन् प्रहर प्रतिको विश्वास पनि मेटिदिएका छन् ।
समाचार हो इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक किरणबहादुर रानाभाटको । रानाभाट बुटवलको गोलपार्कस्थित छायाँ पोख्रेलको घरमा चोरी गर्दागर्दै पक्राउ परेका छन् ।

उनलाई घरकै सदस्यले चोरी गर्ने क्रममा पक्रेर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले उनीमाथि विभागीय कारबाही अघि बढाएको जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us