एमाले नेतृ चन्दको मलामी महिला

काठमाण्डु टुडे २०७१ पुष १० गते ६:०४ मा प्रकाशित

धनगढी, १० पुस– सदियौँदेखि चलिआएको सामाजिक मान्यता एवम् परम्परा विपरीत बुधबार स्थानीय अगुवा महिला मलामी बनेर मृत व्यक्तिको अन्तिम संस्कारमा सहभागी भएका छन् ।

दाहसंस्कारमा महिलाले मलामी भएर जान हुँदैन र शवसमेत छुन हुँदैन भन्ने परम्परा र मान्यतालाई चिर्दै स्थानीय महिला एमाले कैलालीकी नेत्री रमा चन्दको अन्तिम संस्कारमा सहभागी भएका हुन् ।

दाह संस्कारमा महिलाले जानु हुँदैन भन्ने गलत मान्यतामा सुधार ल्याउँदै समाजमा परिवर्तनको अनुभूति गराउन आफूहरू मलामी बनेर गएको एमालेकी नेत्री मीना सोबले बताइन् ।

पाठेघरको क्यान्सरका कारण नेत्री चन्दको ३५ वर्षको उमेरमा बुधबार निधन भएको थियो । स्व चन्दको स्थानीय मोहना नदी घाटमा अन्त्येष्टि गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us