
टोकियो, ४ पुस– जापानमा बिहीबार राती भएको भारी हिमपातका कारण एघारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
मौसम पूर्वानुमान अधिकारीहरुले मौसम अझै केही दिन यस्तै रहने चेतावनी दिएका छन् । केही दिनयता जापानको उत्तरी र मध्यभागहरु हिमपातबाट अत्यन्त प्रभावित भएको जनाइएको छ ।
जापानको द योमिउरी सिम्बुन समाचारपत्रका अनुसार यस हिमपातमा परी ७९ वर्षीया वृद्ध र २९ वर्षीय अग्निनियन्त्रकलगायत ११ व्यक्तिको मृत्यु भइसकेको छ ।
सुदूरउत्तरी कोक्काइदो प्रमुख द्विप जापानको समुद्र नजिकैका क्षेत्रमा अन्य कयौँ वृद्ध हिमपातबाट मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । हिमपात प्रभावित क्षेत्रमा सार्वजनिक यातायातसमेत ठप्प भएको जनाइएको छ ।
गत बुधबार पनि हिमपातबाट जापानमा करिब एक सय आन्तरिक उडान रद्द हुनुका साथै अन्तर्राष्ट्रिय उडानसहित चार सय ५० उडानहरू भूमिस्थल हुन पुगेको अधिकारी र सञ्चारमाध्यमहरूले बताएका थिए ।