दुर्घटनामा रसाइलीको निधन

काठमाण्डु टुडे २०७१ पुष ३ गते ९:१३ मा प्रकाशित

विराटनगर, ३ पुस–मोरङमा यात्रुबाहक बसको ठक्करबाट बिहिबार बिहान एक वृद्धको मृत्यु भएको छ ।

केराबारी–७ बस्ने पैदल यात्रु ७० वर्षीय डम्बरसिंह रसाइलीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

केराबारी–धरान सडकखण्डमा चल्ने को१ख २७५९ नम्बरको सो बसले ठक्कर दिँदा गम्भीर घाइते रसाइलीको धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । बससहित चालक प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us