आगलागीमा झण्डै ११ लाखको क्षती

काठमाण्डु टुडे २०७१ पुष २ गते १३:१३ मा प्रकाशित

काठमाण्डु, २ पुस– गोंगबुको गोरखाली फेन्सी कलेक्सनको स्टोरमा बुधबार तार सर्ट भई भएको आगलागीमा करीब छ लाख बराबरको सामान जलेर नष्ट भएको छ ।

यसैगरी धर्मस्थली–८ मा प्रकाश महर्जनको खाद्य स्टोरमा करेन्ट सर्ट भएर आगलागी हुँदा करीव एक लाख ५० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री जलेर क्षति भएको छ ।

यसैगरी ललितपुरको भनिमण्डलमा होस्टे हस्तेको कार्यालयमा मंगलबार करेन्ट सर्ट भएर आगलागी हुँदा करीव चार लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

यसैगरी धनुषा हंसपुर–६ कुस्मटोल बस्ने रामेश्वर पंडितको घरमा करेन्ट सर्ट भएर आगलागी हुँदा ल्यापटप, कम्प्युटर, होमथियटर, डिभिडी लगायतका करीव एक लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us