विवादास्पद अभिव्यक्ति फिर्ता लिन बेलायती राजदूतलाई सरकारको निर्देशन

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते १४:३७ मा प्रकाशित

Andy-Sparkes_20130529काठमाण्डु, २९ मंसिर– राजदूतले भावी संविधानमा धर्म परिवर्तनलाई कानुनी मान्यता प्रदान गर्न भन्दै सभासदलाई खुलापत्र खेलेको भन्दै सरकारले काठमाण्डुस्थित बेलायती दूतावासँग स्पष्टीकरण सोधेको छ ।

राजदूत एन्डी स्पाक्र्स दुई साता लामो बिदा लिएर बेलायत गएपछि परराष्ट्र मन्त्रालयले कार्यबाहक राजदूत गाइ हेरिसनसँग राजदूत स्पार्कको विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण मागेको हो ।

पराष्ट्रका निमित्त सचिव शंकर बैरागीले हेरिसनलाई सोमबार मन्त्रालयमा बोलाएर स्पष्टीकरण लिएका हुन् । उक्त अवसरमा बैरागीले राजदूत स्पार्कको अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका थिए ।

स्पार्कको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएपछि प्रधानमन्त्री सुशील कोइरालाले स्पष्टीकरण सोध्न आइतबार निर्देशन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us