काठमाण्डुमा लागुऔषधको जालो खोज्दै प्रहरी

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते १३:१५ मा प्रकाशित

nepal policeकाठमाण्डु, २८ मंसिर– काठमाण्डुमा बढदै गरेको लागुऔषध कारोबारलाई नियन्त्रण गर्ने क्रममा सोमबार प्रहरीले लागुऔषध कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

उनीहरुसँग नाइट्रोभेट ट्याबलेट एक हजार दुई सय वटा र ३० ग्राम चरेश जस्तो देखिने लागुऔषध सहित उनीहरुलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डुकै २१ बर्षीय अनित महर्जन, १९ बर्षीय प्रशान्त के.सी. र ४५ बर्षीय निर्मला श्रेष्ठ रहेका छन् । उनीहरु मार्फत प्रहरीले लागुऔषधको कारोबार गर्ने ठुलो गिरोह नजिक पुग्ने विस्वास लिएको छ ।

लामो समय देखि निगरानीमा राखेको महर्जन मार्फत निर्मला श्रेष्ठको घरसम्म पुगदा प्रहरीले सो परिणामको लागुऔषध फेला पारेको हो ।
प्रहरीले उनीहरुसँग ५ हजार ८ सय ९० रुपीयाँ पनि जफत गरेको छ । यसैगरी ललितपुर मानभवन बस्ने झापाका ३६ वर्षीय केशर लिम्वु भनिने धनबहादुर फागो र लम्जुङका  मनबहादुर गुरुङ्गलाई पनि पक्राउ गरेको छ ।
उनीहरुले लागुऔषध कारोबार गर्दै गर्दा नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।  प्रहरीले ठमेलस्थित ब्लुस्टार कार्गोमार्फत काठमाण्डुबाट हङ्गकङ्ग पठाउन लागेको महको डिब्बाभित्र लुकाई राखेको शंकास्पद बस्तुको अनुसन्धान गर्दा ८ किलो ३ सय ग्राम चरेस रहेको पत्ता लागेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us