नक्कली प्रमाणपत्र पेश गर्ने अधिकारी अख्तियार फन्दामा

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– जागिरका लागि नक्कली शैक्षिक योग्यता पेस गर्ने मध्यमाञ्चल ग्रामीण विकास बैंक जनकपुरका वरिष्ठ सहायक गणेशप्रसाद साहविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

akhtiyar

अभियुक्त साहले सेवा प्रवेशका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएकाले निजमाथि हदैसम्मको दण्ड सजाय माग गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी सर्लाहीको मदनपुर स्रोतकेन्द्रअन्तर्गतको डायमन्ड स्टार प्राथमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष फेकन राय, प्रअ नागेश्वर राय र स्रोत व्यक्ति कमलेशकुमारलाल कर्णले सञ्चालनमा नै नरहेको विद्यालयका नाममा अनियमितता गरेको देखिएकाले निजहरुमाथि बिगो एक लाख ७९ हजार ७ सय कायम गरी सोमबार आरोपपत्र दायर गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us