
एजेन्सी–अमेरिकामा काला जातिलाई पुलिसले दमन गरेको भन्दै काला जातिका मानिसहरु सडकमा उत्रिएका छन् । कारवाहीमा काला जातिका मानिसहरु मर्ने गरेको विरोधमा हजारौ सडकमा उत्रेका छन् । अमेरीकाको कडा जाडोलाई बेवास्ता गर्दै मानिसहरु सडकमा उत्रिएका हुन् ।
नाराबाजि गरिरहेका प्रदर्शनकारिले हात, ब्यानर र ठूला–ठूला कार्डमा काला जातिका मानिसहरुको जिन्दगी पनि महत्वपूर्ण छ भन्ने जस्ता विभिन्न नारा लेखेका छन् ।
नाराको सिधा संम्बन्ध एरिक गार्नर संग रहेको छ, जो न्यूर्योकमा गिरफ्तारीको समयमा आफुले सास लिन नसकेको बताइरहेका थिए । त्यसै बखत उनको मृत्यु भएको थियो । उनलाई एक गोरा जातिका पुलिसले गोलि हानेका थिए ।