पत्नि छाडेलगत्तै करणले भने, ‘विपासासँगको रोमान्स राम्रो लाग्यो’

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते २:३८ मा प्रकाशित

bipasa-karanएजेन्सी – विपाशा बसु र करण सिंह ग्रोबरको अफेयरको चर्चा त्यतिवेलादेखि नै बलिउड उद्योगमा जारी छ जतिबेला उनीहरुले साथै काम गर्न सुरु गरेका थिए ।

उनीहरु अहिले आफ्नो आगामी फिल्म ‘एलोन’ को छायांकनमा व्यस्त छन् ।
फिल्ममा विपाशाको दोहोरो भूमिका छ । फिल्मममा विपासाका साथ टिभी स्टार करण सिंह ग्रोबर मुख्य भूमिकामा छन् ।

उनले केही समयअघि पत्नी जेनिफरसँग अलग भएका घोषणा गरेका थिए । हालै फिल्मको टे«लर लञ्चको मौकामा करणलाई सोधियो, ‘उनलाई विपाशाको साथ रोमान्स गर्दा कस्तो लाग्यो ? त्यस प्रश्नमा उनले भने ,‘विपाशाको साथ रोमान्सको अनुभव निकै राम्रो लाग्यो ।’ उनीहरुको अफेयरको चर्चा अहिले पनि उत्तिकै जारी छ ।

त्यसो त केही समयअघि विपाशा र हरमनको सम्बन्धमा दरार आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us