
मनिला, २४ मंसिर– फिलिपिन्समा आएको सामुद्रिक आँधी हगुपिटका कारण करिब ८ लाख कामदारहरु प्रभावित भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले बुधबार जानकारी दिएको छ । हगुपिटलाई स्थानीय भाषामा रुबी भन्ने गरिन्छ ।
तीमध्ये करिब तीन लाख ७० हजार कामदार असुरक्षित श्रममा संलग्न रहँदै आएका पनि जनाइएको छ । गरिब समुदायका ती कामदारहरु जुन सुकै काममा पनि संलग्न रहने गरेका आइएलओले बताएको छ ।
त्यसैगरी मध्य फिलिपिन्समा तीन लाख ५० हजार अर्थात जम्मा रोजगारीको २० प्रतिशतमा सो आँधीले प्रभाव पारेको बताइएको छ ।
आइएलआद्वारा प्रकाशित विज्ञप्तिका अनसार हगुपिटद्वारा प्रभावित ती कामदारलाई सङ्कटकालिन र जीवनयापन रोजगारी सृजनाको लागि फिलिपिन्स सरकारलाई १५ लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ ।
यस आँधी हगुपिटबाट कम्तीमा २७ व्यक्तिले ज्यान गुमाएका अधिकारीहरुले जनाएका छन् ।
गत नोभेम्बरमा पनि फिलिपिन्समा आएको ‘हाइयान’ नामक सामुद्रिक आँधीबाट सात हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
रासस÷एएफपी