
ओटावा, १९ मंसिर– क्यानाडाकी पूर्वउपप्रधानमन्त्री शिला कोप्सले उनकै पार्टीका दुई जना संसद्ले उनलाई बलात्कार गरेको बताइन् । उक्त आरोपपछि दुवै सांसदलाई पार्टीबाट निलम्बन गरिएको छ । अटोवा र टोरोन्टोमा यौन हिंसाका केही ठूला घटनाहरु सार्वजनिक भएपछि क्यानाडामा अहिले यस विषयमा सार्वजनिक बहस शुरु भएको छ ।
पूर्वउपप्रधानमन्त्री ६१ वर्षीया कोप्सले ‘द हिल टाइम्स’ मा प्रकाशित आफ्नो लेखमा भनेकी छिन्, ‘जब म पहिलोपटक २८ वर्षको उमेरमा सांसद बनेकी थिएँ, त्यसबेला पार्टीका एक जना सांसदले मलाई बलात्कार गरेको थियो ।’
महिलाविरुद्ध हुने हिंसाका लागि शोध कार्यका लागि यात्राका क्रममा उत्तरी ओन्टारियोको एउटा होटेलमा आफूमाथि बलात्कार भएको उनले बताइन् । विरोधका बावजुद आफूमाथि जवरजस्ती सम्बन्ध राखेको उनले लेखेकी छिन् । तर आफूले यस विषयमा कहिल्यै प्रहरीमा उजुरी नदिएको कोप्सले बताइन् । बलात्कार गर्ने उनकै पार्टीका मित्र सांसद थिए ।
उक्त घटनाको ३० वर्षपछि फेरी उनी बलात्कृत भएकी थिइन । यसपटक उनी प्रहरी समक्ष पुगेकी थिइन । प्रहरीले बलात्कारीलाई चेतावनी दिएर छाडेको थियो ।
नेपाल समचारपत्र दैनिकबाट