
नयाँ दिल्ली, १९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादास्पद अभिव्यक्ति दिएकी केन्द्रीय मन्त्री साध्वी निरञ्जनज्योतीलाई बर्खास्त नगर्ने अडान लिएका छन् ।
निरञ्जनज्योतीको विवादास्पद भनाइका कारण विपक्षी दलले संसद अवरुद्ध पारेका छन् ।
विपक्षीले मन्त्रीको राजीनामा मागेपछि संसद्को माथिल्लो सदनमा तनाव उत्पन्न भएको छ । माथिल्लो सदनको बैठक सोमबारयता हुन् सकिरहेको छैन ।
तर संसदीय तनावबीच पनि मोदीले उनलाई बर्खास्त नगर्ने अडान लिएका हुन् । केन्द्रीय मन्त्री निरञ्जनज्योतीले सोमबार दिएको अभिव्यक्तिले हिन्दु धर्मको प्रचार गरेको र अरु धर्मलाई होच्याएको आरोप छ । मन्त्रीले सोमबार वर्तमान सरकारको कार्यकाल रामराज्य भएको बताएकी थिइन ।
नागरिक दैनिकबाट