
एजेन्सी– बलिउडका सुपरस्टार अक्षयकुमारले अब जादू देखाउने भएका छन् । चोरदेखि पुलिससम्म र दुष्टदेखि ‘भगवान्’सम्मको रोलमा अभिनय गरिसकेका अक्षयकुमारले अब सिनेमामै जादु देखाउने भएका हुन् ।
भारतका बहुचर्चित एवं ख्यातीप्राप्त जादूगर पीसी सरकारको जीवनमा आधारित नयाँ फिल्मको मुख्य भूमिकामा अक्षयकुमारले अभिनय गर्न लागेका हुन् ।
फिल्म लेखक तथा निर्देशक सौमिक सेनले अक्षयकुमारलाई जादूगर बनाउन लागेका हुन् । सौमिकले पीसी सरकारमाथि फिल्म बनाउनका लागि उनका छोरा पीसी सरकार जुनियरसँग अनुमति पनि लिइसकेका छन् ।
अभिनेता अक्षयकुमार भने जादूगरको भूमिकामा अभिनय गर्न पाएको उत्साही देखिएका छन् । उनले उक्त फिल्ममा खेल्न सहजै स्वीकार गरेको बताइएको छ ।