
काठमाण्डु, १५ मंसिर, प्रधानमन्त्री एवं कांग्रेसका सभापति सुशील कोइराला भाइ डा. अरुणलाई सम्झेर एकएक भावुक भए । केहीछिन शब्दसमेत निस्केन ।
कांग्रेस केन्द्रीयकार्यसमितिले आइतबार सानेपास्थित पार्टी कार्यलयमा आयोजना गरेको श्रद्धाञ्जली सभामा कोइराला भाइको अन्तिम चिठी सम्झे ।
डा. अरुणले शिक्षण अस्पतालको शैयाबाट दाइ सुशीललाई चिठी लेख्दै लोकतान्त्रिक संविधान जारी गर्न आग्रह गरेका थिए ।
‘ऊ शिक्षण अस्पतालाको आइसियुमा थियो। होस थियो तर बोल्न नसक्ने । कलमकापी माग्यो । मलाई सम्बोधन गरेर लेखेको पत्रमा घरपरिवारलाई उल्लेख गरेन । राष्ट्रियता, प्रजातन्त्र, समाजवादमा कसैसँग सम्झौता नगर्न आग्रह गर्दै लोकतान्त्रिक संविधान ल्याएर मुलुकलाई समृद्ध बनाउन भन्यो’, कोइरालाले स्मरण गरे ।
कान्तिपुर दैनिकबाट