
काठमाण्डु, ११ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसी नेताहरुलाई सकेसम्म लचकदार भएर सिंविधान निर्माणमा लाग्न सल्लाह दिएका छन् ।
उनले संविधान निर्माणका लागि अड्डी कसेर नबस्न र आफ्नो देशलाई चिन्न पनि मधेसी नेताहरुलाई सुझाएका छन् ।
मधेस केन्द्रित राजनीतिक दलका नेताहरुसँग मंगलबार साँझ सोल्टी होटेलमा भेट गर्दै मोदीले मधेसका मुद्दा सम्बोधन नै नहोस् भन्न नखोजेको तर एउटा बटमलाइन बनाएर प्रस्तुत हुन सल्लाह दिएको बताएका थिए ।
उनले सत्तारुढ दलको प्रस्तावमा मधेसी दलहरुको निकटताको बिन्दु खोज्ने प्रयास गरेका थिए ।
उनले नेपाली कांग्रेस र एमालेले प्रस्तुत गरेका संविधानका विवादित बुँदाबारेका अबधारणामा मधेसीको भिन्नताका बारे प्रश्न गरेका थिए ।
तराइमधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्बेन्द्रनाथ शुक्लाले भने, ‘सहमतिको संविधान चाँडो बनाउन अधिकतम लचकताका साथ प्रस्तुत हुन उहाले सुझाब दिनुभयो ।’
अन्नपूर्णपोस्ट दैनिकबाट