पुन: देखायो चीनले सार्कको सदस्य बन्ने इच्छा

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते १:२४ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– विश्वको नयाँ आर्थिक शक्ति चीनले दक्षिण यसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’को सदस्य बन्ने चाहना पुन: प्रकट गरेको छ । सार्क शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै ९ मध्य एक पर्यवेक्षक चीनका उपविदेशमन्त्री लिन झेनमेनले भने, ‘पहिले देखिनै चीन सार्कमा सदस्य रहन इच्छुक छ ।’chaina

चीनले सार्कसँग सहकार्य गरिरहेकाले अझ नजिक रहेर काम गर्न चाहेको स्पष्ट पारेको छ । उपविदेशमन्त्री झेनमेनले कूटनतिक भाषामा भने, ‘सदस्य नभए पनि हामी अझ नजिक भएर काम गर्न चाहन्छौं ।’

उपमन्त्री बोलिरहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ध्यानपूर्वक सुनिरहेका थिए । चीनको भूमिकालाई लिएर सार्कका सदस्य राष्ट्रबीच चर्चा भइरहँदा सबैभन्दा बढी भारतले त्यसलाई अवलोकन गरिरहेको छ । चीनले सार्कको विकासमा फेरि ५५ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय लिएको उपविदेशकन्त्री झेनमेनले मन्तव्यमा उल्लेख गरे ।

उनले चीनले सधैं सार्कको शान्ति र अन्य क्षेत्रमा काम गर्न चाहेको बताए । सार्कको अध्ययन, स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा ५ वर्षसम्म दिएको सहयोग आँकडासमेत प्रस्तुत गरेर उनले चीनले गरेको सहकार्यको महत्त्व देखाउन खोजेका थिए ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us