शाहरुखको शिरमा नेपाली ढाका टोपी !

काठमाण्डु टुडे २०७१ मंसिर १० गते १२:२० मा प्रकाशित

एजेन्सी– बलिउडका बहुचर्चित अभिनेता शाहरुख खान आफ्नो अभिनय क्षमताले मात्रै चर्चित छैनन्, उनको सिनेमाको पर्दाबाहिरको जीवन पनि रमाइलो र चर्चित नै छ ।

ShahrukhKhan Dhaka Topi
यसै महिना आफ्नो ४९ औं जन्मदिन मनाएका शाहरुख खानको अनौपचारिक जीवन पनि धेरैको चासोमा पर्छ । उनको अनौपचारिक जीवनकै एक पाटो उनको पहिरन । उनी बेलाबेला नेपाली ढाका टोपी पनि लगाउँछन् भन्ने उनको यो दुर्लभ फोटोले जनाउँछ ।
सन् १९९१ मा लिइएको यो फोटो हरियाली प्राकृतिक दृश्यमा खिचिएको छ ।  किङ खान भनेर चिनिने यी महानायक परम्परागत ढाका टोपीमा छन् । अनि उनीसँगै छिन् उनकी जीवनसँगिनी गौरी खान ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us