प्रियंकाको प्रशंसा गरे मोदीले

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ५:३९ मा प्रकाशित

एजेन्सी, ९ मंसिर– अमीर खान, सलमान खान र अमिताभ बच्चनपछि ‘स्वच्छ भारत’को अभियानमा प्रियंका चोपडा पनि जुटेकी छिन् । चोपडाले युट्युबमा यस अभियानमा भाग लिएको एक भिडियो अपलोड गरेकी छिन् । उक्त भिडियोमा वारसोवाको एउटा इलाकामा गएर उनी सफाइ गरेको देखाइएको छ । जहाँ उनको फिल्म ‘अग्निपथ’को सुटिङ भएको थियो ।

prfayanka

प्रियंकाको यस सफाइ अभियानमा त्यस इलाकाका बच्चाले पनि साथ दिएका छन् । प्रियंका भन्दछिन्, ‘मेरो उद्देश्य यहाँ सफाइ गर्नु मात्र नभएर फेरी बसाइ बसाउनु पनि हो ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रियंकाको यस कदमको प्रशंसा गर्दै ट्विटरमा लेखेका छन्, ‘यो साह्रै  गजबको काम हो । जनतालाई एक साथ मिलाएर लानु र स्वच्छ भारत बनाउनु  साह्रै राम्रो हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us