
एजेन्सी– जर्मनीका तानाशाहका रुपमा कुख्याती कमाएका अडोल्फ हिटलर राम्रा चित्रकार पनि थिए । चित्रकारका रुपमा उनी राजनीतिक व्यक्तित्व जत्तिकै चर्चामा त रहेनन् तर उनले बनाएको चित्र अहिले पनि करोडौंमा बिक्री भइरहेको छ ।
सन् १९१४ मा बनेको मानिने यो पेन्टिङलाई दुई जना बूढी दिदीबहिनीले बेच्न राखेका थिए । यो उनीहरुको दाइले सन् १९१६ मा खरिद गरेका थिए ।
चित्र एक लाख एकसठ्ठी हजार (नेपाली करीब एक करोड साठीलाखभन्दा बढी) अमेरिकी डलरमा बिक्री भएको थियो ।
बेच्ने संस्थाले यो चित्र अरब मुलुकको कुनै एक व्यक्तिले किनेका हुन् । उनले आफ्नो परिचय गोप्य राख्न चाहेको बताइएको छ ।
यो लिलामबिक्री जर्मनीको न्युरेम्बर्गमा भएको थियो । लिलाम गर्ने संस्था विल्डरका निर्देशक क्याथरिन विल्डरले सो चित्रसँगै चित्र यसअघि बेचिएको रसिद पनि सँगै थियो ।
समाचार एजेन्सीहरुले जनाएअनुसार चित्रको बिक्रीबाट आएको रकमको १० प्रतिशत अशक्त बच्चाहरुको सहयोगमा खर्च गरिनेछ ।
हिटलर सन् १९३३ देखि १९४५ को बीचमा जर्मनीको शासक थिए ।