सभासद्ले एक वर्षमा सकाए साढे ३४ करोड

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते १:५४ मा प्रकाशित

CA-buildingकाठमाण्डु, ८ मंसिर– आगामी  ८ माघमा नयाँ संविधान आउन–नआउने टुंगो छैन । तर, संविधानसभा अध्यक्ष, सभासद र सचिवालयको तलब–भत्तामा राज्य कोषको साढे ३४ करोड खर्च भइसकेको छ ।

संविधानसभा सचिवालयका अनुसार पहिलो बैठक बसेदेखि अहिलेसम्म ३४ करोड ५३ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । दोश्रो संविधानसभाको पहिलो बैठक गत वर्षको ८ माघमा बसेको थियो ।

अघिल्लो संविधानसभाको चार वर्षे अवधिमा तीन अर्ब तीन करोड ४५ लाख रुपैयाँ खर्च भएको थियो ।

‘यो रकम संविधानसभाको पहिलो बैठक बसेदेखिको खर्च हो’, संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने । ६ सय १ सदस्यीय संविधानसभामा अहिले ५ सय ९६ सभासद् छन् ।

संविधानसभा अध्यक्षको माशिक लतब ५३ जार ८ सय ५० रुपैयाँ छ । उपाध्यक्षको ४८ हजार ७ सय ७० छ ।

विपक्षी दलका नेता र सत्ता पक्षका प्रमुख सचेतकको तलब ४८ हजार ७ सय ७० रुपैयाँ छ ।

त्यस्तै विपक्षी दलका प्रमुख सचेतक, सत्ता पक्षका प्रमुख सचेतक, संविधानसभा तथा संसदका सभापतिको मासिक तलब बराबर छ ।

उनीहरुले ४६ हजार दुई सय २० रुपैयाँ मासिक तलब बुझ्ने गर्छन् । त्यस्तै सभासदहरुको मासिक तलब ४४ हजार एक सय ८० रुपैयाँ छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us