कपिलवस्तु, ३ मंसिर– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले जतिसुकै अवरोध भए पनि ८ माघमै संविधान जारी हुने बताएका छन् ।
पहिलो चन्द्रौटा महोत्सवको बुधबार यहाँ उदघाटन गर्दै गौतमले प्रक्रियामा गएरै भए पनि तोकिएकै मितिमा संविधान जारी गर्न सरकार प्रयासरत रहेको बताए ।
‘जसको जतिसुकै अवरोध भए पनि प्रक्रियाबाटै माघ ८ मा संविधान जारी गर्न सरकार प्रतिबद्ध छ’, गौतमले भने । एकीकृत माओवादीसहित विपक्षी मोर्चा यसपटक पनि संविधानसभा विघटन गराउने खेलमा लागेको उनको आरोप थियो ।
उनले निर्वाचनका बेला गरिएको बाचा बिर्सेर एमाओवादीले प्रक्रियामा जान डराइहरेको बताए ।