
एजेन्सी– बलिउडका चर्चित नायक सलमान खानले आफ्नी बहिनीको विवाहमा बेहुली सिंगार्ने जिम्मा पूर्वप्रेमिका अभिनेत्री कैट्रिना कैफलाई दिएका छन् ।
सलमानकी बहिनी अर्पिताको बिहे आगामी मंगलबार हैदरावादमा हुने एक विशेष समारोहबीच आयुस शर्मासँग हुँदैछ । कैट्रिनालाई बेहुदी सिंगार्ने जिम्मा दिए पनि कैट्रिनाका प्रेमीसमेत रहेका नायक रणवीर कपुरलाई भने सलमानले बिहेको निम्ता दिएका छैनन् ।
कैट्रीनाकै कारण दुई नायकबीचको सम्बन्ध चिसिएको थियो । केहीअघिसम्म सलमान र रणवीर मिल्ने साथी थिए । रणवीरले अहिलेसम्म सलमानले उपहार दिएको घडी बाँधेका छन् ।
पछिल्लो समय उनीहरुबीच बोलचालमेत नरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि बोलचाल बन्द भएका अर्का नायक शाहरुख खानलाई भने सलमानले बहिनीको बिहेमा निम्ता गरेका छन् ।
उनको बहिनीको बिहेमा प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई बोलाइएको छ ।