
काठमाण्डु, २७ कात्तिक–मोरङ बाहुनी–९ स्थित जनता उच्च माध्यामिक विद्यालयमा दशै, तिहार र छट लगायतका चाडपर्वपछि ५० प्रतिशत विद्यार्थी विद्यालयमा हाजिर भएका छैनन् । बाली थन्काउने बेला भएको हुँदा विद्यार्थीहरु विद्यालयमा नआएका हुन । यो विद्यालयमा मात्र होइन मोरङका अधिकांश सामुदायिक विद्यालयमा यो समस्या रहेको छ ।
बर्सेनी बाली लगाउने र थन्काउने बेलामा विद्यार्थी विद्यालय नै नआउने यहाँको सामुदायिक विद्यालयको पुरानो समस्या हो । विद्यार्थीहरु विद्यालय आउन छाडेपछि शिक्षकहरु भने विद्यार्थी खोज्दै घरघरमा पुग्न थालेका छन् । यो बेला बाली थन्काउने समय भएको हुँदा विद्याथीहरु काममा नै व्यस्त हुन्छन्’, मोरङ् उर्लाबारीका शिक्षक लेखनाथ खड्काले भने, ‘विद्यालयमा नभेटिएपछि उनीहरुलाई लिन घरसम्मै पुग्ने गरिएको हो ।’
अन्नपूर्ण पोस्ट दैनिकबाट