
काठमाण्डु, २६ कात्तिक, बलिउडका हट जोडी राणवीर कपुर र क्याटरिना कैफ बान्द्रास्थित एक अलिशान घरमा बस्ने भएका छन् । अंग्रेजी खवर पत्रिका एचटिकेएफका अनुसार यो जोडी बस्ने सो घरको भाडा मासिक भारु १५ लाख हुनेछ ।
बान्द्रको कार्टर रोडको समुन्द्र किनारमा रहेको दुई छत सहितको सो घर सजाउन उनीहरु अहिले सजावटका समान किनिरेका छन् । रणवीर हालसम्म पाली हिल्सास्थित आफ्नो पारिवारिक बंगलामा पिता ऋषि कपुर र माता नीतु सिंह कपुरका साथ बस्दै आएका छन् । उनीहरु सो घरमा सरेपछि आफ्ना नजिकका साथीहरुलाई भोज खुवाउने तयारीसमेत गरिरहेका छन् ।