अझै सकिएन सार्कको टालटुल

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते २:११ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक, सार्क शिखर सम्मेलनका लागि भौतिक तयारीमा संलग्न निकायले सम्मेलन आइपुग्न १५ दिन बाँकी रहँदा पनि काम नसकेपछि थप समय मागेका छन् । राजधानीको सौन्दर्य बढाउन तथा सडक र पेटीको सुधारका लागि निर्धारित समयसीमा मंगलबार सकिएको थियो ।

यसमा संलग्न निकायका प्रतिनिधिले करिब १५ प्रतिशत काम बाँकी रहेको भन्दै थप पाँच दिन समय मागेका हुन् । समयसीमा सकिएकै दिन प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा सम्बद्ध सबै निकायका प्रतिनिधिबीच परराष्ट्र मन्त्रालयमा समीक्षा बैठक बसेको थियो । बैठकमा उपस्थित सडक, भौतिक पूर्वाधार तथा महानगरपालिकाका प्रतिनिधिले कामको प्रगति बाधाबारे अवगत गराउँदै थप समय माग गरेका थिए ।

परराष्ट्रका अधिकारीका अनुसार यी निकायका प्रतिनिधिले थपिएको पाँच दिनमा जसरी पनि काम सक्ने दाबी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us