अन्योलमा पश्चिमसेती

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते १:२५ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– पश्चिम सेती जलविद्युत् आयोजनाको बिजुली सन् २०२५ अघि आवश्यक नपर्ने सरकारी भनाइपछि आयोजना नै अन्योलमा परेको छ । लगानी बोर्ड र प्रर्वद्धक चीनको सिडब्ल्युई इन्भेस्मेन्ट कर्पाेरसनबीच हालै भएको छलफलमा विद्युत् प्राधिकरणले पश्चिमसेतीको बिजुली सन् २०२५ अघि आवश्यक नपर्ने र त्यसअघि आयोजना

सम्पन्न भए खरिद नगर्ने आशय व्यक्त गरेपछि आयोजना फेरि प्रभावित हुने अवस्थामा आएको हो ।
विद्युत् खरिदकर्ता प्राधिकरणले नै यस्तो भनेपछि सिडब्ल्युई सशंकित बनेको छ र उसले २०२१ को अन्त्यसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । प्राधिकरणको भनाइलाई आधार मान्ने हो भने आयोजना पाँच वर्षपछि धकेलिने छ । आयोजना जति ढिलो हुन्छ त्यति नै लागत बढ्ने छ ।

प्रसारणलाइनको गुरुयोजना तयार गरिरहेको परामर्शदाता इलेक्टिसिटी डे फ्रान्स (इडिएफ) ले पनि प्रसारणलाइन जटिलताले ठूला आयोजना २०२५ पछि मात्र विद्युत् आपूर्ति गर्न सकिने भनेको छ । उसले आगामी जनवरीसम्म प्राधिकरणलाई प्रसारणलाई गुरुयोजना बुझाउँदै छ ।

देशको ऊर्जा क्षेत्रको विकासको जिम्मेवारी लिएका ऊर्जासचिव राजेन्द्रकिशमेर क्षेत्रीले २ साताअघि व्यवस्थाापिका संसद्को कृषि तथा जलस्रोत समितिमा बोल्दै पश्चिमसेती नेपाललाई आवश्यक नभएको नबन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि प्रवद्र्धक रुष्ट बनेको छ ।

कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us