अन्ततः फुट्ने भाे वैद्य माओवादी

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते २:११ मा प्रकाशित

mohan baidhya-netra bikram chandकाठमाण्डु, २५ कात्तिक  एकीकृत माओवादीलाई नवशसंशोधनवादीको आरोप लगाउँदै तीन वर्षअघि विभाजन भएको नेकपा–माओवादी पुनः विभाजनको संघारमा पुगेको छ ।
पार्टीभित्र अध्यक्ष मोहन वैद्यको राजनीतिक कार्यदिशालाई टक्कर दिई फरक मत राखेका सचिव नेत्रविक्रम चन्दले पार्टी

बैठकसमेत बहिष्कार गर्न थालेपछि माओवादी विभाजनको संघारमा पुगेको हो ।
गत शुक्रबार पदाधिकारीको बैठक बहिष्कार गरेका चन्द पक्षले सोमबारको पोलिटब्युरोको बैठकसमेत बहिष्कार गरेको छ । चन्द पक्षले संस्थापन पक्षले ‘बेमौसम’मा पदाधिकारी र पोलिटब्युरोको बैठक डाकेकाले सहभागी नभएको प्रतिक्रिया दिएको छ । यसअघि चन्द पक्षले पार्टी बैठक बोलाउन माग गरे अनुरुप नै अध्यक्षले पदाधिकारी र पोलिटब्युरोको बैठक बोलाएका थिए ।

आफैले बैठक बोलाउन माग गर्ने र आफै बैठकमा नआई समानन्तर संगठन निर्माण गर्दै जाने कुराले चन्द पक्ष नियोजित रुपमा पार्टी विभाजनतर्फ लागेको संस्थापन पक्षको आरोप छ । चन्द पक्षले अध्यक्ष वैद्यसँगको सम्बन्ध धेरै टाढा गइसकेकाले अब सम्बन्ध सुदृढ भइहाल्नेमा आशंका व्यक्त गरेको छ ।

चन्द पक्षका एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष वैद्य अहिले अन्य पदाधिकारिको अकर्मण्यतामा फसेका कारण विग्रहको अवस्था निम्तन लागेको हो । यो पक्षले अध्यक्ष वैद्यले भन्दा महासचिव रामबहादुर थापाले फरक कार्यदिशामाथिको बहस र राष्ट्रिय सम्मेलनको मागलाई निस्तेज पार्न लागिपरेको आरोप लगाएको छ ।

राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us