
काठमाण्डु, २४ कात्तिक– व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा अधिकांश सभासदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीप्रति आलोचना गर्दै समितिलाई अख्तियारसँग सोधपुछ गर्ने अधिकार भएको बताएका छन् ।
ककाठमाण्डु नगरपालिकाले बनाउन लागेको ‘काठमाण्डु टावर’ मा अख्तियारले दिएको निर्देशनबारे छलफलमा उनीहरुले अख्तियारले आफूलाई सबैभन्दा ठूलो निकाय सम्झेको बताए ।
काँग्रेस–सभासद राजेन्द्र केसीले अख्तियार जंगबहादुर बनेको टिप्पणी गर्दै भने, ‘अख्त्यिारमा पनि भ्रष्टाचार छ, त्यो कसले हेर्ने ?’ यसअघि पनि संसदको अर्थ, कृषि, तथा जलश्रोत र सुशासन समितिमा अख्तियारका कामकारबाहीबारे यसरी नै आलोचना भएको थियो ।
अर्थ र सुशासन समितिले त अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बोलाएर छलफल गरिसकेका छन् । यसैबीच अर्थ समितिका सभापति प्रकाश ज्वालाले अख्तियारले समितिको क्षेत्राधिकारबारे गरेको निर्णयमा ध्यानाकर्षण भएको नजाउँदै समितिमा जोसुकैलाई बोलाएर बयान लिने र बकपत्र गराउने अधिकार रहेको बताए ।
अर्थ समितिमा अख्तियार प्रमुख कार्कीले आफूलाई शुसासन समितिले मात्रै बोलाउने अधिकार भएको जनाउँदै त्यसैमार्फत मात्र बोलाउन आग्रह गरेका थिए ।
नागिरक दैनिकबाट