
काठमाण्डु, २४ कात्तिक– दूध बेच्दा देउता रिसाउछन् भन्ने अन्धविश्वासले बैतडीका प्रयाः गाविसमा दुग्धजन्य पदर्थको कारोबार शून्य हुने गरेको छ । शिवनाथ, कुलाउ, महाकली, पञ्चेश्वरलगायतका अधिकांश गाविसका कृषकहरुले मनग्ये दूध उत्पादन गरे पनि बजारमा दूध बेच्न मान्दैनन् । सदरमुकाम नजिक पर्ने केही गाउँका कृषकले भने दूधबाटै जीविका चलाइरहेका छन् ।
‘पहिलेदेखि नै चलेको चलन हो, हामी कसैले दूध बेच्दैनौँ’, कुलाउका धनवीर सार्की भन्दछन्, ‘बरु दूधको सट्टा नजिकै भारतीय बजारमा घिउ बेच्छौँ ।’
जिल्लाको कूल ६२ मध्ये १२ गाविसमा दूध पटक्कै बेचिँदैन । यी गाविसमा २३ हजार कृषकको बसोवास रहेको छ । यो क्षेत्रमा शिक्षित र बुद्धिजीवीका रुपमा गनिने परिवारले पनि देउता रिसाउने भयले गाईभैसीको दूध बेच्दैनन् ।
प्रायः सबै घरमा कम्तिमा एउटा दूध दिने पशु हुन्छ । दूध उत्पादन पनि प्रशस्तै हुन्छ ।
कारोबार दैनिकबाट