
काठमाण्डु, २३ कात्तिक–पूर्वप्रधानमन्त्री तथा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाइ टाइफाइड भएको छ ।
शीर्ष नेताको बैठकमा बिहीबार भट्टरार्इ अस्वस्थ अवस्थामा नै सहभागी बनेका थिए । उनले बिहीबार फेसबुक पेजमा ‘भाइरल ज्वरोका कारण केही दिन पूर्ण आराम गर्न डाक्टरको सल्लाह’ लेख्दै शीर्ष नेताको बैठक बसिरहेका तस्बिर पोस्ट गरेका थिए ।
त्यसलगत्तै उनले ‘रगत परीक्षणले भन्यो टाइफाइड’ भन्दै उनले ट्वीट गरेका थिए ।
नागरिक दैनिकबाट