पेट्रोलियम पदार्थको मूल्य फेरि घट्ने

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते ३:३५ मा प्रकाशित

nepal-oil-nigam8काठमाण्डु, १६ कात्तिक– नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ ।

निगम प्रवक्ता मुकुन्द घिमिरेले आजै बस्ने सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने सम्भावना रहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा व्यापक गिरावट आएपछि नेपालमा पनि मूल्य घटाउन लागिएको हो । निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा हुने उतारचढाब अनुसार भारतीय आयल कर्पोरेशन ‘आईओसी’ ले पठाउने मूल्य सूचीका आधारमा हरेक १५ दिनमा मूल्य समायोजन गर्ने निर्णय गरेको थियो ।

घिमिरेका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ६० पैसा र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ ४१ पैसा घट्ने छ । निगमले यसअघि गत कात्तिक १ गते पेट्रोलमा प्रतिलिटर २ दुई रुपैयाँ ५९ पैसा र डिजेल र मट्टितेलमा २ रुपैयाँ ६ पैसा घटाएको थियो ।
हाल पेट्रोलको मूल्य काठमाण्डु उपत्यकामा प्रतिलिटर १ सय ३० रुपैयाँ ४७ पैसा तथा डिजेल र मट्टितेलको मूल्य १ सय ३ रुपैयाँ १७ पैसा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us