दुर्घटनामा चारको मृत्यु, ११ घाइते

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते ३:१९ मा प्रकाशित

महोत्तरी– १६ कात्तिक– बसले मोटरसाइकललाई ठक्कर दिँदा महोत्तरीको खयरमारामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही कर्मैया–४ का २८ वर्षीय प्रेमप्रसाद देवकोटा र मोटरसाइकलपछाडि बसेकी नाम, थर नखुलेकी अन्दाजी २६ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको खयरमारा–५ स्थित जङ्गलमा काठमाण्डुबाट सिरहा जाँदै गरेको ना ४ ख  ४६९७ नंको बसले विपरीत दिशाबाट आइरहेको ना २६प ३६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको
प्रहरी उपरीक्षक शौरभ राणाले जानकारी दिए ।  मोटरसाइकलमा ठोक्किएपछि बस अनियन्त्रित हुँदा बसमा सवार ११ यात्रु भाइते भएका छन् ।  घाइतेको उपचार बर्दिवासस्थित होप अस्पताल र लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ ।
उता पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१ मा गएराति नै भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा कनकाई– १ का २६ वर्षीय किशोर भनिने हरिकृष्ण सुवेदी र सोही ठाउँका निवासी ३६ वर्षीय कुमार भनिने कुलबहादुर रम्तेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
मे ५ प २८११ नम्बरको मोटरसाइकल कनकाई नगरपालिका–७ स्थित विरिङ पुलनजिकै सडकमा रोकिराखिएको टयाक्टरको ट्रलीमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us