सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाउन ढिला भयो : मन्त्री रिजाल

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ८:४९ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक – सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले प्रदेशको रचना बाहेक शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा सबै राजनीतिक दलहरुवीच अन्र्तमनमा सहमति भैसकेको भन्दै सहमति भएका विषयलाई मस्यौदा समितिमा पेश गर्नुपर्ने बताएका छन् ।

rशनिबार रिपोर्टर्स क्लबमा नेपालमा ज्यामरुङ् जनकल्याण समाजले धादिङ् त्रिपुरेश्वर – २ सुकौराका दुबै मृगौला फेल भएका भीमसेन ढकालको उपचारका लागि संकलन गरेको तीन लाख ९१ हजार छ सय २० रुपैयाँ नगद रकम सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल एवम् रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले संयूक्त रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मन्त्री रिजालले संविधानका विवादित विषय संघियताको प्रदेशको रचनावाहेकका सबै विषयमा सहमती जुटिसकेको बताउँदै खाली औपचारिकता दिन बाँकी रहेको धारणा राखेका हुन् ।

समाजका अध्यक्ष कृष्णमान श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मन्त्री रिजालले भने–‘‘ संघियता अनुसुचिमा भए बमोजिम हुनेछ भन्ने संवैधानिक व्यवस्था गरेर अरु विषयलाई तत्काल मस्यौदा समितिमा पठाउनुपर्छ ।’’ उनले सहमती भैसकेका विषयमा पनि दलहरुले अझै पनि मुख नखोलेर बार्गेनिङ् गर्न खोजेको आरोप समेत लगाएका छन् ।

मन्त्री रिजालले समाजले यस्ता खाले कार्यक्रमको आयोजना गरेर प्रशंनीय र अनुकरणीय काम गरेको भन्दै बधाई समेत दिएका छन् । उनले भने–‘‘ सबै सामाजिक संस्थाहरुले यस्तै काम गरे राष्ट्र समृद्धिको बाटोमा अघि बढ्नेछ । यो कार्यलाई धादिङ्मा मात्रै सिमित नगरेर सबैतिर पु¥याउनुपर्छ ।’’
नेपाली काँग्रेस धादिङ् जिल्ला सभापति रामनाथ अधिकारीले तोकिएकै मिति माघ ८ मै असहाय, रोगी र पीडितलाई उद्धार गर्ने खालको लोकतान्त्रिक संविधान जारी गर्न सरकार तथा सभासदहरुको ध्यानाकार्षण गरेका छन् । उनले समाजले गरेको काम अत्यन्तै सराहनीय भएकोमा प्रशंसा गर्दै भने–‘ हामीले आफू पनि बाच्नुपर्छ र अरुलाई पनि बचाउन सिकाउनुपर्छ ।’

अधिकारीले धादिङ् जिल्लामै समाजसेवामा ज्यामरुङ् जनकल्याणसमाज सक्रिय रहेको बताए ।

कार्यक्रममा थापा मगरले सकिन्छ भने सय जनालाई बचाउने नसके एउटालाई भएपनि बचाउनुपर्ने मुलमन्त्र बोकेर हिँडे समाजसेवामा सबैभन्दा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

समाजका अनुसार सहयोग रकम दक्षिण कोरियामा बस्ने धादिङ् समाज कोरियाका नवराज बोहरा र दुबईमा बस्ने धादिङ् समाजका भुवन गुरुङ्को नेतृत्वमा संकलन गरिएको हो । कोरियाबाट दुई लाख ६३ हजार पाँच सय रुपैयाँ र ६२ हजार दुई सय ८५ रुपैयाँ दुबईबाट र बाँकी रकम समाजको सक्रियतामा विभिन्न संघसंस्था र पर्यटनमा आवद्ध रहेका व्यवसायीहरुबाट संकलित भएको हो ।

त्यस्तै कार्यक्रममा समाजले धादिङ् जिल्लाकै पहिलो जनजाति डाक्टर कमला थापामगरलाई समेत सम्मान गरेको छ । मन्त्री रिजाल र क्लबका अध्यक्ष ऋषि धमलाले संयूक्त रुपमा अभिनन्दन गर्दै थापाको उत्तरउतर प्रगतीको कामना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us