गंगामायाको अवस्था गम्भीर

काठमाण्डु टुडे २०७१ असोज २९ गते ३:५२ मा प्रकाशित

काठमाण्डु, २९ असोज– छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा सँगै आमरण अनसनमा बसेका श्रीमान नन्दप्रसादको गत ganga mayaअसोज ६ गते मृत्यु भएको थियो ।
त्यसपछि सरकार र मानव अधिकारकर्मीका तर्फबाट निरन्तर प्रयास गर्दा पनि गंगामायाको अनसन तोडाउन सकिएको छैन । अधिकारी दम्पत्तीका १७ वर्षे छोरालाई ०६१ सालमा तत्कालिन माओवादीले अपहरण गरी हत्या गरेको आरोप छ ।
त्यसपछि उनीहरु न्यायका लागि निरन्तर लडेका हुन् । ०७० कात्तिकको ७ गतेदेखि निरन्तर अनसन बसेका यी दम्पत्तीमध्ये नन्दप्रसादको ३ सय ३३ दिनमा मृत्यु भएको थियो । गंगामाया भने हालसम्म वीर अस्पतालकै बेडमा अनसन बसिरहेकी छिन् ।
बबरमहलमा दुर्घटना गराउने चालक प्रहरी नियन्त्रणमा
काठमाण्डु, २९ असोज– तीनजनाको ज्यान जाने गरी बस दुर्घटना गराउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  बबरमहलमा सोमबार साँझ बस दुर्घटना गराउने चालक सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई काठमाण्डु प्रहरीले पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us