धम्की दिएर रकम असुल्ने पक्राउ

काठमाण्डु टुडे २०७१ असोज २८ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, २८ असाेज – धम्की दिएर रकम असुलेकाे आरोपमा रामेछापका राजकुमार पोखरेल पक्राउ गरेका छन् ।

रस्नालु ९ घर भइ हाल काठमाण्डु  शंखमुल बस्ने पोखरेललाई महानगरीय प्रहरी परिसर, अपराध महाशाखाको टोलीले पक्राउ परेको हो ।

उनले काठमाण्डु दहचोक ३ का कान्छा परियारलाई फोन गरी ४ लाख रुपैयाँ मागेका थिए । उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us