नीट पेपर लिक प्रकरणलाई लिएर देशभर प्रधानको राजीनामाको माग गर्दै प्रदर्शन भइरहेका थिए ।
यसअघि कांग्रेससहित विभिन्न विपक्षी दलले पनि उनको राजीनामा माग्दै आएका थिए ।
प्रधानले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो राजीनामाबारे जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘जन्तर–मन्तर र देशभर सिर्जना भएको परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिले नउठाओस्, देशको एकता कायम रहोस्, कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस् र हाम्रा विद्यार्थीले आफ्नो समय अध्ययन तथा भविष्य निर्माणमा केन्द्रित गर्न सकून् भन्ने सोचका साथ मैले सम्माननीय प्रधानमन्त्री ज्यूलाई आफ्नो राजीनामापत्र पठाएको छु ।’