हिन्दुराज्यको वकालत गर्दै हिड्नु गलत : देउवा

काठमाण्डु टुडे २०७१ असोज २८ गते १०:५४ मा प्रकाशित

जनकपुर, २८ असोज – काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेसका केहि नेताहरुले हिन्दूराज्यको पक्षमा वकालत गर्नु गलत भएको बताएका छन् ।

sher_Bahadur_Deubaपूर्वमन्त्री खुमबहादुर खड्कासहितका कांग्रेसका नेताहरुले हिन्दु राज्य घोषणा नभए आन्दोलन गर्ने धम्की दिइरहेका छन् । तर, वरिष्ठ नेता देउवाले भने कुनै पनि राज्यको कुनै धर्म नहुने बताएका छन् ।

जनकपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा देउवाले राज्य पुनःसंरचनाबारे कांग्रेसले अघि सारेको छ वा ७ प्रदेशको विकल्प उचित भएको दावी गरे ।

उनले असन्तुष्ट पक्ष जनजाति, मधेसी र माओवादीलाई विश्वासमा लिएरै माघ ८ गतेभित्र नयाँ संविधान जारी हुने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us